कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका २ निवासी जैचे विकका २४ वर्षीय भाइ अवि विक सम्पर्कविहीन भएका छन्। दाइ जैचे विकका अनुसार गत भदौ २ गते भारतबाट घर फर्किने क्रममा भारतको हरिद्वारबाट राति करिब ९ बजे सम्पर्कमा रहेका अवि त्यसै रातिदेखि सम्पर्कविहीन भएका हुन्। परिवारले विभिन्न माध्यमबाट खोजी गर्दा पनि हालसम्म उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
उहाँलाई कसैले देख्नुभएको वा उहाँको अवस्थाबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई जानकारी गराइदिन अनुरोध गरिएको छ। अवि विकसँग कसैको सम्पर्क भएमा वा उहाँबारे कुनै जानकारी प्राप्त भएमा उहाँका दाइ जैचे विकको मोबाइल नम्बर ९७४३७६१६८४ मा सम्पर्क गरी जानकारी गराइदिनुहुन परिवारले हार्दिक अनुरोध गरेको छ।



तिलाप्रेस । ७ भाद्र २०८३, आईतवार २०:०५