रतडामा झोलुङ्गे पुल उद्घाटन

कालिकोट  तिलागुफा नगरपालिका–२ रतडाको ओखडगाटमा निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरिएको छ। वडा अध्यक्ष तुलबहादुर बोहराको अध्यक्षता तथा नगरप्रमुखको प्रमुख आतिथ्यतामा पुल उद्घाटन गरिएको हो।

कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक सहयोग तथा हुरन्डेक नेपाल ,कालिकोटको प्राविधिक सहयोगमा पुल निर्माण सम्पन्न भएको नगर उपप्रमुख महेन्द्र बहादुर शाहिले बताउनु भयाे । पुल निर्माणमा सहयोग गर्ने उपभोक्ता समिति  स्थानीयवासी तथा सम्बन्धित सबैलाई धन्यवाद व्यक्त गरिएको छ साथै पुल निर्माण भए सँग स्थानीयलाई आवतजावतमा भने सहजता हुने विश्वास गरिएको छ  ।

तपाईको प्रतिक्रिया