रास्कोटमा भूमि प्रशासन सेवा सञ्चालनको तयारी तीव्र 

रास्कोट नगरपालिकामा भूमि प्रशासन अन्तर्गत मालपोत तथा नापी सेवा सञ्चालनका लागि स्थलगत निरीक्षणको काम सम्पन्न भएको छ । स्थलगत निरीक्षणका क्रममा कार्यालय सञ्चालनका लागि आवश्यक भौतिक संरचना मानव स्रोत आवश्यक उपकरण तथा सेवा प्रवाहको समयावधिका विषयमा सरोकारवालाबीच छलफल गरिएको रास्कोट नगरपालिकाले जनाएको छ ।

अबको एक महिनाभित्र रास्कोटमै भूमि प्रशासन सेवा सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी तथा छलफल अघि बढाइएको जनाएको छ । सेवा सञ्चालनमा आएपछि स्थानीय नागरिकले मालपोत तथा नापीसम्बन्धी सेवा लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ । स्थानीय स्तरमै सहज सरल र प्रभावकारी रूपमा भूमि प्रशासन सम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय सञ्चालनको तयारी अघि बढाइएको जनाइएको छ । यसबाट नागरिकको समय र खर्च बचत हुनुका साथै सेवा प्रवाहमा थप प्रभावकारी हुने बताएको छ ।

तपाईको प्रतिक्रिया