कालीकोटमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु तीन घाइते

कालीकोट कालीकोटमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा महावै गाउँपालिका–५ गेला निवासी ३५ वर्षीय मंगलबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले जानकारी दिए।

उनका अनुसार सोमबार सुर्खेत–जुम्ला राजमार्गअन्तर्गत खाँडाचक्र नगरपालिका–७ पिलीमा कर्णाली प्रदेश ०२००१ ह ११९४ नम्बरको अटो दुर्घटना भएको हो। पिलीदेखि सदरमुकाम मान्मतर्फ आउँदै गरेको अटो सडकको पर्खालमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका तीन जनामध्ये दुई जनालाई थप उपचारका लागि नेपालगन्ज र एक जनालाई जुम्ला रेफर गरिएको प्रहरी प्रमुख खत्रीले बताए।

तपाईको प्रतिक्रिया