नेपाली सेनाको अधिकृत क्याडेटमा महेश गिरी छनोट

– द्वन्द्वपीडित परिवारका महेशको सफलता, बुवा शंकर मा वि सेरिज्यूलाका सुचना अधिकारी तथा राष्ट्रिय खेलाडी र अंकल वडाध्यक्ष!
कालिकोट नेपाली सेनाको अधिकृत क्याडेट छनोट परीक्षाको अन्तिम नतिजामा कालिकोटको शान्नित्रिवेणी गाउँपालिका वडा नं. १ का २० वर्षीय महेश गिरी छनोट भएका छन् । द्वन्द्वपीडित परिवारमा हुर्किएका गिरीको यो सफलता परिवारसँगै गाउँपालिका र जिल्लाकै लागि गौरवको विषय बनेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले २०८३ साउन २१ गते सार्वजनिक गरेको सि.सं. ६७ अधिकृत क्याडेट तथा सि.सं. ७ स्नातक अधिकृत क्याडेट छनोट परीक्षाको अन्तिम नतिजामा गिरी अधिकृत क्याडेट पदमा छनोट भएका हुन् । नेपाली सेनामा रिक्त रहेको सहायक सेनानी÷उपसेनानी पदपूर्तिका लागि २०८२ भदौ ६ गते गोरखापत्रमा प्रकाशित विज्ञापनअनुसार सञ्चालन गरिएको विभिन्न चरणका छनोट परीक्षामा सहभागी जनाएर गिरीले सफलतापूर्वक हासिल गरेका हुन् ।

शान्नित्रिवेणी गाउँपालिका १ निवासी महेश गिरीका बुवा खेमराज गिरी शंकर मा वि सेरिज्यूलाका सुचना अधिकारी तथा राष्ट्रिय भलिबल खेलाडी हुन् भने आमा अप्सरा गिरी हुन् । उनका अंकल बैकुण्ठराज गिरी शान्नित्रिवेणी गाउँपालिका वडा नं.१ का वडाध्यक्षको जिम्मेवारीमा रहेका छन् भने,बाजे अग्र गिरी र बजै जैपुरा गिरीका नाति हुन् ।
द्वन्द्वको कठिन परिस्थितिबाट गुज्रिएको परिवारमा हुर्किएका महेशले मेहनत र लगनका साथ नेपाली सेनाको अधिकृत क्याडेटमा नाम निकाल्न सफल भएको बुबा खेमराज गिरिले जानकारी दिनुभयो । उनको सफलताले स्थानीय युवामा समेत सकारात्मक सन्देश दिएको छ भने अधिकृत क्याडेटमा छनोट भएपछि परिवार आफन्त जनप्रतिनिधि तथा स्थानीयवासीले महेशलाई बधाई दिँदै सफल सैन्य जीवनको शुभकामना समेत व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया