कालिकोट रास्कोट नगरपालिका स्थायी बसोबास भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको सहजतालाई मध्यनजर गर्दै सुर्खेत तथा आसपासका क्षेत्रमा बसोबास गरिरहनुभएका लाभग्राहीहरूका लागि बायोमेट्रिक नवीकरण शिविर आजदेखि सुरु गरिएको बताएको छ ।
रास्काेट नगरपालिका प्रमुख धर्मराज शाहि (पाेषण) लगाएकाे उपस्थितिमा शुभारम्भ गरिएको उक्त शिविर मार्फत लाभग्राहीहरूले छिटो सहज र प्रभावकारी रूपमा सामाजिक सुरक्षा भत्ताको बायोमेट्रिक नवीकरण सेवा प्राप्त गरिरहेकाे रास्काेट नगरपालिकाले जनाएको छ। नगरपालिकाले सेवाग्राहीमैत्री सेवा प्रवाहप्रति प्रतिबद्ध रहेको जनाउँदै सम्बन्धित सबै लाभग्राहीहरूलाई निर्धारित समयभित्र उपस्थित भई सेवा लिन समेत अनुरोध गरिएको छ ।



तिलाप्रेस । २१ श्रावण २०८३, बिहीबार १८:१०