रास्कोट नगरपालिका र निक साइमन्स इन्स्टिच्युटबीच पाँच वर्षे सहकार्य सम्झौता

कालीकोट जिल्लाको रास्कोट नगरपालिका र निक साइमन्स इन्स्टिच्युट NSI बीच ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना (RHSSP) कार्यान्वयनका लागि पाँच वर्षे संस्थागत सहकार्य सम्झौता भएको छ । सम्झौताअनुसार सन् २०२६ जुलाई १७ (वि.सं. २०८३ साउन १) देखि सन् २०३१ जुलाई १७ (वि.सं. २०८८ असार ३२) सम्म यो कार्यक्रम सञ्चालन गरिनेछ । यस सहकार्यमार्फत रास्कोट नगरपालिका अन्तर्गत सञ्चालित रास्कोट अस्पतालको स्वास्थ्य सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने लक्ष्य राखिएको रास्कोट नगरपालीकाले जनाएको छ ।

अस्पतालको सेवालाई दिगो र पारदर्शी बनाउन दुवै पक्षले संयुक्त रूपमा नियमित अनुगमन सामाजिक परीक्षण, सार्वजनिक सुनुवाइ तथा वार्षिक कार्ययोजना निर्माण गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।। छ। सम्झौता पत्रमा निक साइमन्स इन्स्टिच्युटका कार्यकारी निर्देशक डा. अर्चना अमात्य र रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले हस्ताक्षर गर्नुभएको हो । साक्षीका रूपमा इन्स्टिच्युटका डा. मोहम्मद काशिम शाह र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश अधिकारी रहनुभएको छ । यस सहकार्यले रास्कोट क्षेत्रका नागरिकलाई मात्र नभइ छिमेकी पालिकाका नागरिकलाइ समेत स्थानीय स्तरमै सर्वसुलभ, दक्ष र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिने बताएको छ ।

तपाईको प्रतिक्रिया