कालिकोट। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कालिकोटको शुभकालिका गाउँपालिका–४ वडाध्यक्ष पदका लागि नेकपा एमालेसम्बद्ध नेपाल खेलकुद महासंघ नेपालका युवा नेता दिलिप चौलागाईं ले आगामी आउने निर्वाचनमा आफ्नो उम्मेदवारी दिने आकांक्षा व्यक्त गरेका छन्। २३ वर्षीय चौलागाईं ले युवाको नेतृत्व, जनताको सहभागिता र स्थानीय आवश्यकतामा आधारित विकासलाई प्राथमिकतामा राख्दै वडा अध्यक्षको जिम्मेवारी सम्हाल्न आफू इच्छुक रहेको बताएका छन् ।
प्रदेश कमिटी सदस्य चौलागाईंले पछिल्लो समय स्थानीय तहमा युवाको अर्थपूर्ण सहभागिता र नेतृत्व आवश्यक बन्दै गएको बताउनु भयाे । उहाँले विकास निर्माणदेखि नीति निर्माणसम्म युवाको भूमिका बढाउन सके स्थानीयस्तरमा नयाँ सोच,विचार ऊर्जा र उत्तरदाय नेतृत्व स्थापित गर्न सकिने समेत उहाँले उल्लेख गर्नुभएको छ । चौलागाईंले शुभकालिका गाउँपालिका–४ लाई समृद्ध, सुशासन,व्यवस्थित र नमुना वडा बनाउने आफ्नो मुख्य उदेश्य रहेको समेत ओैल्याउनु भएकाे छ । वडाको विकासका लागि स्थानीय आवश्यकता पहिचान गरी प्रभावकारी योजना,नीति निर्माण, उपलब्ध स्रोतको सही परिचालन तथा नागरिकको प्रत्यक्ष सहभागितालाई पहिलो प्रथामिकतामा राखेर काम गर्ने बताए । उनको प्राथमिकतामा सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, समावेशी विकास तथा जनउत्थानका सवाल रहेका छन्। वडा तहबाट प्रदान गरिने सेवा सहज, पारदर्शी र जनमैत्री बनाउनुपर्ने धारणा राख्दै चौलागाईंले विकासको लाभ समाजका सबै वर्ग, समुदाय, महिला, युवा तथा सिमान्तकृत वर्ग र समुदाय सम्म समान रूपमा पुग्नुपर्ने बताए।
युवालाई नेतृत्वको अवसर दिनुपर्ने विषयलाई पनि चौलागाईंले आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन्। देशभरका युवाहरू नेतृत्व तहमा पुगेर जिम्मेवारी सम्हाल्न सक्ने सक्षमरहेको उल्लेख गर्दै उनले युवाको क्षमता, सीप र सिर्जनशीलतालाई स्थानीय विकाससँग जोड्न सके सकारात्मक परिवर्तन सम्भव हुने बताउनु भयाे ।
चौलागाईंले आफू सुशासन, समावेशिता र जनउत्थानका सवालमा काम गर्न सक्षम रहेको दाबी गर्दै जनताको विश्वास र सुझावलाई आधार बनाएर अघि बढ्ने बताएका छन्। उनका अनुसार व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको आवश्यकता, वडा विकास र सार्वजनिक हितलाई केन्द्रमा राखेर काम गर्ने नेतृत्व अहिलेको आवश्यकता हो। युवालाई नेतृत्वमा ल्याएर विकास र सुशासनको नयाँ अभ्यास सुरु गर्नुपर्छ। समृद्ध वडा निर्माण, पारदर्शी सेवा, भ्रष्टाचार नियन्त्रण र सबै वर्गको समान सहभागिता मेरो प्राथमिकता हुने चौलागाईंले बताएका छन्। स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा शुभकालिका –४ मा सम्भावित उम्मेदवारका रूपमा उनको दाबीलाई पनि चासोका साथ हेरिएको छ।



तिलाप्रेस । १६ श्रावण २०८३, शनिबार १८:०३