कालिकोट : प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराईले आज जिल्ला कारागार कार्यालयको आकस्मिक अनुगमन तथा निरीक्षण गर्नुभएको छ । अनुगमनका क्रममा उहाँले कारागारमा रहेका कैदीबन्दीहरूको वर्तमान अवस्था , स्वास्थ्य सेवा तथा सरसफाइको स्तर तथा कारागारको आन्तरिक सुरक्षा व्यवस्थाबारे विस्तृत जानकारी लिनुभएको छ । साथै उहाँले कार्यालयको समग्र प्रशासनिक एवं व्यवस्थापकीय पक्षको समेत निरीक्षण गर्नुभएकाे थियाे ।
निरीक्षणपश्चात् प्रमुख जिल्ला अधिकारी भट्टराईले कारागार प्रशासन र सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिँदै कारागारको सेवा प्रवाहलाई थप व्यवस्थित, मानवीय र कानुनसम्मत बनाउन आग्रह गर्नुभयो । कैदीबन्दीहरूको मानव अधिकार र न्यूनतम आवश्यकताप्रति संवेदनशील रहँदै व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन उहाँले विशेष जोड समेत दिनुभएको छ ।




तिलाप्रेस । ४ श्रावण २०८३, सोमबार १७:५०