गगने खोलामा पहिरो कर्णाली राजमार्ग अवरुद्ध

कालिकोट जिल्ला प्रहरी कार्यालय (DPO) कालिकोटका अनुसार आज बिहान करिब ५:२० बजे शुभकालिका गाउँपालिका १ स्थित गगने खोलामा ढुङ्गा माटो र लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

निरन्तर पहिरो खसिरहेकाले सडक खुलाउने कार्य तत्काल सम्भव नभएको प्रहरीले जनाएको छ। पहिरोका कारण राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधन पूर्ण रूपमा रोकिएका छन् भने यात्रुहरू सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटले पहिरो पूर्ण रूपमा रोकिएपछि सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास गरिने जनाएको छ।

तपाईको प्रतिक्रिया