४५ दिने ब्युटिसियन तालिम सम्पन्न

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–१ स्थित सदरमुकाम मान्म मा सञ्चालन गरिएको ४५ दिने ब्युटिसियन तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

समापन कार्यक्रममा बाेल्दै  उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय कालिकाेटका प्रमुख  श्रीबहादुर बिष्टले ४५ दिने ब्युटिसियन तालिममा सहभागी सम्पूर्णलाई सफलताको शुभकामना व्यक्त गर्दै  तालिममा सिकेका सीपलाई  स्वरोजगार उद्यमशीलता तथा आयआर्जनका क्षेत्रमा उपयोग गर्न कार्यालय प्रमुख विष्टले  अनुराेध समेत गर्नुभएकाे छ ।साथै याे महत्त्वपूर्ण  तालिमले विशेषगरी महिलाहरूलाई सीपमूलक ज्ञान प्रदान गरी आत्मनिर्भर बन्न प्रेरित गरिरहेकाे समेत   बताए ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय  कालिकोट का कार्यालय प्रमुख श्रीबहादुर बिष्ट को सभाध्यक्षतामा कार्यक्रम समापन गरिएको थियाे, उक्त  कार्यक्रममा वरिष्ठ प्रशासन सहायक रूप बहादुर बुढा क्षेत्री, लेखा सहायक सुकदेव सुनार, संचारकर्मि, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन वरिष्ठ प्रशासन सहायक रूप बहादुर बुढा क्षेत्री ले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया