कालिकोट : रास्कोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड ६७ लाख ५१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरसभामा प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, सडक तथा अन्य पूर्वाधार विकास खानेपानी, युवा तथा महिला सशक्तीकरण रोजगार सिर्जना र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको जनाइएको छ।
नगरपालिकाले उपलब्ध स्रोत–साधनको प्रभावकारी परिचालन गर्दै गुणस्तरीय सेवा प्रवाह दिगो विकास र नागरिकको जीवनस्तरमा सुधार ल्याउने लक्ष्यका साथ बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ। बजेट कार्यान्वयनसँगै नगरको समग्र विकासले थप गति लिने अपेक्षा गरिएको बताएको छ।





तिलाप्रेस । ७ असार २०८३, आईतवार १८:०८