कालीकोट जिल्लाको रास्कोट नगरपालिका ले असार ७ गते १८औँ नगरसभा आयोजना गर्ने भएको छ । नगरपालिकाले विभिन्न राजनीतिक दल र सरोकारवालासँग सुझाव संकलन गरी आगामी आर्थिक वर्ष २०८३ र ८४ का नीति तथा कार्यक्रमको मस्यौदा तयार गरेको जनाएको छ ।
नगरसभामा आर्थिक तथा विनियोजन विधेयक बजेट, नीति तथा कार्यक्रम र संगठनात्मक संरचना तथा व्यवस्थापन सर्वेक्षण प्रस्तुत गरिने जनाएको छ । स्थानीय तहले असार १० भित्र बजेट प्रस्तुत र १५ दिनभित्र पारित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।





तिलाप्रेस । ६ असार २०८३, शनिबार २१:३९