पचालझरना गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

कालीकोट : जिल्लाको पचालझरना गाउँपालिका को १९औँ गाउँसभाको पहिलो बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष देवराज शाही ले आर्थिक वर्ष २०८३ र ८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । बैठकमा सुशासन पूर्वाधार विकास आर्थिक उन्नति, पर्यटन, रोजगार, कृषि र शिक्षा लगायतका विषयमा विस्तृत छलफल गरिएको जनाएको छ । गाउँसभा मा सहभागी सदस्यहरूले नीति तथा कार्यक्रमबारे आफ्ना सुझाव तथा धारणा राखेका छन् ।

वडा नं ४ का अध्यक्ष अनरुप रोकाया का अनुसार प्रस्तुत नीति तथा कार्यक्रममाथि कार्यपालिका सदस्यहरूले समेत छलफल गरेका छन् भने असार ७ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिने तयारी रहेको उहाँले बताउनु भएको छ । स्थानीय सरकार सञ्चालनसम्बन्धी व्यवस्थाअनुसार गाउँपालिका तथा नगरपालिकाले असार १० गतेभित्र नीति तथा कार्यक्रम तथा बजेट पेश गर्नुपर्ने र १५ दिनभित्र पारित गर्नुपर्ने प्रावधान रहेको छ ।

तपाईको प्रतिक्रिया