कालिकोट: बहुक्षेत्रीय पोषण कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा स्थानीय तहबीच समन्वय सुदृढ गर्ने उद्देश्यले कालीकोटमा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कर्णाली प्रदेश योजना आयोगका सदस्य माननीय अशोकनाथ योगीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धनजित शाही उप प्रमुख मिना रावल तिलागुफा नगरपालिका नगर प्रमुख शंकर प्रसाद उपाध्याय पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाही उपाध्यक्ष अल्किना बम लगाएत नगरपालिकाका प्रमुख तथा उपप्रमुख गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत पोषण फोकल पर्सन तथा पोषण सहजकर्ताहरूको उल्लेख्यनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा बहुक्षेत्रीय पोषण कार्यक्रमको वर्तमान अवस्था चुनौती तथा प्रभावकारी कार्यान्वयनका उपायबारे महत्वपूर्ण छलफल गरिएको योजना आयोगका सदस्य माननीय अशोक नाथ योगीले जानकारी दिनुभयो । कर्णाली प्रदेश योजना आयोग वीरेन्द्रनगर सुर्खेतले आयोजना गरेको बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न सहभागी सम्पूर्णले आफ्नो धारणा समेत व्यक्त गरेका थिए ।





तिलाप्रेस । ४ असार २०८३, बिहीबार १७:०५