रक्त अभाव झेलिरहेका बालकका लागि पत्रकार बरालद्वारा रक्तदान

कालिकोट । मुख र दिसाबाट निरन्तर रगत बग्ने समस्याका कारण जिल्ला अस्पताल मान्ममा उपचाररत १० वर्षीय हिमाल परियारका लागि पत्रकार प्रकाश बरालले रक्तदान गर्नुभएको छ ।शुभकालिका गाउँपालिका–३ का बालक हिमालको शरीरमा रगतको मात्रा (हेमोग्लोबिन) अत्यन्त न्यून भएपछि चिकित्सकले तत्काल रगतको व्यवस्था गर्न आग्रह गरेका थिए । आफन्तहरू रगतको खोजीमा भौंतारिइरहेका बेला पत्रकार एवं राष्ट्रिय कबड्डी निर्णायक बरालले अस्पताल पुगेर रक्तदान गर्नुभएको हो ।

​मानव जीवन बचाउन रक्तदान नै सबैभन्दा ठूलो दान रहेको बताउँदै बरालले हालसम्म ९ पटक रक्तदान गरिसक्नुभएको छ । कालिकोटमा व्यवस्थित ब्लड बैंक नहुँदा आकस्मिक अवस्थामा रगत पाउन कठिन हुने गरेको छ ।

तपाईको प्रतिक्रिया