नेपाल पत्रकार महासंघ कालिकोटको १६ औँ वार्षिक साधारण सभा सम्पन्न

कालिकोट : नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालिकोटको १६ औँ वार्षिक साधारण सभा एक विशेष समारोहका बीच सफलतापूर्वक सम्पन्न भएको छ। महासंघका जिल्ला अध्यक्ष भरतराज विष्टको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तुलराम पाण्डे प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल जिल्ला प्रहरी कार्यालयका प्रमुख हिमबहादुर खत्री सामाजिक विकास कार्यालयका प्रमुख अविराज शाही जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू साथै जिल्लामा क्रियाशील पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

साधारण सभामा महासंघको सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । साथै जिल्लाको पत्रकारिता क्षेत्रको विकास, श्रमजीवी पत्रकारहरूको हकहित संरक्षण तथा आगामी कार्यदिशाका विषयमा छलफल गरिएको थियो ।
सभामा केही महत्वपूर्ण निर्णयहरु
.महासंघका सदस्य स्वर्गीय विरेन्द्र आचार्यको स्मृतिमा विरेन्द्र आचार्य स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरिएको छ ।
. नेपाल पत्रकार महासंघ शाखा कालिकोटका हालका साधारण सदस्यहरूमध्ये निष्क्रिय रहेका सदस्यहरूलाई सुदृढीकरण तथा सक्रिय बनाउने निर्णय पनि सर्वसम्मत रूपमा पारित गरिएको छ ।

तपाईको प्रतिक्रिया