रास्वपा कालिकोटको प्रथम जिल्ला अधिवेशन सम्पन्न, नयाँ जिल्ला कार्यसमिति चयन सभापतिमा के.सी

कालिकोट  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कालिकोटको प्रथम जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ । अधिवेशनबाट प्रेम केसी जिल्ला सभापतिमा चयन भएका छन्। भने उपसभापतिमा दिनेश वहादुर शाही, सचिवमा भूपेन्द्र जंग शाही सहसचिवमा जिवन शाही चयन भएका छन्। यस्तैगरी समावेशी सदस्यहरूमा धनिराज धमाला, पवित्रा कुमारी जैशी, दिनेश संज्याल र कलशा शाही चयन भएका छन्।


सदरमुकाम मान्ममा आयोजित अधिवेशनको उद्घाटन रास्वपा कालिकोटका जिल्ला सभापति प्रेम केसीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य आशुतोष प्रधान प्रमुख अतिथि रहेका थिए भने प्रतिनिधिसभा सदस्य ज्ञानु पौडेल, पार्टीका विभिन्न तहका नेता–कार्यकर्ता शुभेच्छुक तथा जिल्लाभरबाट आएका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता  रहेको थियो। अधिवेशनमा बोल्ने वक्ताहरूले सुशासन,पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्दै जनअपेक्षा अनुरूप पार्टी संगठन विस्तार र राजनीतिक गतिविधि सञ्चालन गरिने बताएका थिए। साथै कालिकोटका नागरिकका शिक्षा स्वास्थ्य रोजगारी विकास निर्माण तथा सुशासनसँग सम्बन्धित मुद्दालाई प्राथमिकतामा राखेर पार्टीले आफ्नो भूमिका थप प्रभावकारी बनाउने बताएको छ ।

तपाईको प्रतिक्रिया