कालिकोट- म बनाउँछु मेरो पचालझरना तथा,शिक्षामा जागरण,जीवनमा परिवर्तन भन्ने मूल नाराका साथ पचालझरना गाउँपालिकामा तीन दिने व्यावहारिक उत्प्रेरणा कार्यक्रम सञ्चालन हुने भएको छ । शिक्षा युवा तथा खेलकुद शाखा पचालझरना गाउँपालिकाको आयोजनामा जेष्ठ २४ २५ र २६ गते पडेक्षा रंगशालामा कार्यक्रमको आयोजना गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकास सापकोटले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रार्थना व्यवस्थापन सांगितिक पीटी तथा विद्यार्थी शिक्षक अभिभावक र जनप्रतिनिधिका लागि प्रेरणादायी तथा व्यवहारिक प्रशिक्षण प्रदान गरिने बताएको छ । सांगितिक पीटीका राष्ट्रिय अभियान्ता तथा HS Nepal Multi Institute Pvt. Ltd. का प्रशिक्षक हरिश वलीले प्रशिक्षणको सहजीकरण गर्नछन् ।
कार्यक्रममा सहभागीहरूलाई अनुशासन नेतृत्व विकास सकारात्मक सोच शैक्षिक सुधार तथा जीवन उपयोगी सीप सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख धुर्व संज्यालले जानकारी दिनुभयो । आयोजकका अनुसार कार्यक्रमले विद्यालय तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउन शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र युवामा जिम्मेवारी तथा नेतृत्व क्षमताको विकास गर्न महत्वपूर्ण योगदान पु¥याउनेमा विश्वास लिएको समेत बताएको छ ।





तिलाप्रेस । २२ जेष्ठ २०८३, शुक्रबार ०८:३७