कालिकोट :महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷०८२ को प्रतिवेदन अनुसार सान्नीत्रिवेणी गाउँपालिका जिल्लामै सबैभन्दा कम बेरुजु भएको स्थानीय तह बनेको छ । गाउँपालिकाको बेरुजु दर ०.५८ प्रतिशत अर्थात् रु. ५२ लाख ८६ हजार रहेको उल्लेख गरिएको छ। साथै शन्नित्रिवेणी गाउँपालिका कर्णाली प्रदेशभरिमा गाउँपालिका छैटौँ स्थानमा पर्न सफल भएको जनाएको छ । गाउँपालिकाका अनुसार उल्लेखित बेरुजुमध्ये रु. ३१ लाख अघिल्लो आर्थिक वर्षमै सम्पन्न भइसकेका योजनाको बाँकी भुक्तानी रकम हो । पुरानो दायित्व भुक्तानी गर्दा उक्त रकम चालु आर्थिक वर्षको बेरुजुमा समावेश भएको बताएको छ । यसले चालु आर्थिक वर्षको वास्तविक बेरुजु अझ न्यून रहेको संकेत गरेको प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बढुवालले बताउनु भयो ।
यस उपलब्धिलाई गाउँपालिकाले वित्तीय अनुशासन पारदर्शिता र सामूहिक कार्यसम्पादनको परिणामका रूपमा लिएको समेत उहाँले बताउनु भयो । साथै अधिकृतले बढुवालले गाउँपालिका अध्यक्ष उपाध्यक्ष, जनप्रतिनिधि, लेखा तथा जिन्सी शाखा, प्राविधिक तथा योजना शाखा लगायत सम्पूर्ण कर्मचारीहरूको योगदानको प्रशंसा समेत गर्नुभएको छ । आगामी दिनमा गाउँपालिकालाई सुशासन पारदर्शिता र जनउत्तरदायी कार्यशैलीलाई थप प्रभावकारी बनाउँदै लैजाने बताएको छ ।





तिलाप्रेस । ९ जेष्ठ २०८३, शनिबार २१:४०