कालिकोट — शुभकालिका गाउँपालिका वडा नं. ३ निवासी २० वर्षीया सुशिला शाही जटिल स्वास्थ्य समस्याका कारण हाल कोहलपुर मेडिकल कलेज, बाह्रबिघामा उपचाररत रहेकी छन्। तीन महिनाकी गर्भवती रहेकी शाहीको पेटमा रगत जमेको, आन्द्रा बटारिएर चुँडिएको तथा एपेन्डिसाइटिससमेत देखिएपछि अवस्था गम्भीर बनेको परिवारले जनाएको छ।
प्रारम्भिक उपचार कालिकोट जिल्ला अस्पताल र त्यसपछि प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको भए पनि थप जटिल उपचारका लागि उनलाई कोहलपुर मेडिकल कलेज रिफर गरिएको हो। हाल उनी आईसियुमा उपचाररत रहेको परिवारले जानकारी दिएको छ।
अस्पतालका अनुसार उपचारमा करिब ९ देखि १० लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ। कमजोर आर्थिक अवस्थाका कारण उपचार खर्च धान्न कठिन भएपछि परिवारले देश तथा विदेशमा रहेका सहयोगी मनहरूसँग आर्थिक सहयोगको अपिल गरेको छ।

सहयोगका लागि बिरामीका ससुरा दुर्ग बहादुर शाहीको ग्लोबल आइएमई बैंकमा रहेको खाता नम्बर 08707010003569 मा रकम जम्मा गर्न सकिने जनाइएको छ। साथै थप जानकारीका लागि 9848399177 नम्बरमा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ।
परिवारले सहयोग गर्ने सबै व्यक्तिको विवरण सार्वजनिक गरिने समेत बताएको छ।




तिलाप्रेस । ८ जेष्ठ २०८३, शुक्रबार १९:५९