कालिकोट : ४५ कार्यदिनसम्म सञ्चालन गरिएको नगर प्रहरी आधारभूतता लिम सफलतापूर्वक सम्पन्न भएको छ । तालिम समापनको अवसरमा आयोजित विशेष समारोहबीच नगर प्रहरीलाई प्रमाण–पत्र वितरण गर्नुका साथै दज्र्यानी चिन्ह प्रदान गरिएको हो । कार्यक्रममा नगर प्रहरी प्रमुख धन बहादुर शाहीको सभाअध्यक्षता तथा नगर प्रमुख धर्मराज शाही पोषणको प्रमुख आतिथ्यता रहेको थियो भने त्यसै गरि नगर उपप्रमुख मनिराज बराल,पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाही, शान्नित्रिवेणी गाउँपालिका महेश केसी,उपाध्यक्ष पार्वती सज्याल, प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयाल,प्रहरी नायव उपरीक्षक हिम बहादुर खत्री अनुसन्धान अधिकृत लगायत विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख शाहीले नगर प्रहरीको भूमिका स्थानीय शान्ति सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा नागरिक सेवामा महत्वपूर्ण रहने बताउनु भएको छ ।

कार्यक्रममा सहभागी वक्ताहरुले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुशासनलाई व्यवहारमा उतार्दै जिम्मेवारीपूर्ण ढंगले कार्यगर्न नगरप्रहरी लाई शुभकामना समेत दिएका छन् । समारोहमा तालिम सफलतापूर्वक सम्पन्न गरेका नगर प्रहरीहरुलाई प्रमाण–पत्र तथा दज्र्यानी चिन्ह प्रदान गरिएको समेत बताएको छ ।




तिलाप्रेस । ३० बैशाख २०८३, बुधबार १७:१६