कालीकोट : स्वास्थ्य सेवा कार्यालय कालिकोटले आफ्नो दैनिक प्रशासनिक कार्यलाई प्रविधिमैत्री बनाउँदै आजबाट विद्युतीय हाजिरी (E–Attendance) प्रणाली सुरु गरेको छ । कार्यालयको अनुशासन कायम गर्न र कर्मचारीहरूको उपस्थितिलाई पारदर्शी बनाउन यो कदम चालिएको स्वास्थ्य सेवा व्यवस्थापक डाः रत्नवीर सुनारले जानकारी दिनुभएको छ ।
विद्युतीय हाजिरी प्रणालीको सुरुवातसँगै अब कार्यालयका चिकित्सक, नर्सिङ स्टाफ तथा प्रशासनिक कर्मचारीहरूले डिजिटल माध्यमबाट आफ्नो हाजिरी जनाउनुपर्नेछ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा जनशक्ति समयमै उपस्थित हुनु अनिवार्य अवश्यक हुन्छ । त्यसैले विद्युतीय हाजिरीले कर्मचारीमा उत्तरदायित्व बढाउने र यसले प्रत्यक्ष रूपमा सेवाग्राहीलाई फाइदा पुग्ने विश्वास व्यक्त गरिदिएको छ ।





तिलाप्रेस । २९ बैशाख २०८३, मंगलवार ११:४३