कालिकोट :रास्कोट नगरपालिका वडा नं. ४ गौतु निवासी १५ वर्षीय दिलिप सार्की हराएको भन्दै उनका परिवारले खोजीका लागि सबैसँग सहयोगको अपिल गरेका छन्।
परिवारका अनुसार दिलिप २०८३ साल १ महिना १४ गतेदेखि सम्पर्कविहीन भएका हुन्। हालसम्म उनको अवस्था अज्ञात रहेको परिवारले जनाएको छ।
हराएका दिलिपका बुवा सगुने सार्की, आमा पुल्ति सार्की तथा दाइ नबिन सार्कीले आफन्त साथीभाइ तथा सर्वसाधारणलाई उनलाई कतै देखेमा वा कुनै जानकारी प्राप्त भएमा तुरुन्त खबर गरिदिन अनुरोध गरेका छन्।
📞 सम्पर्क नम्बर:
९७४४६०४६३७
९७४४२९३२५९





तिलाप्रेस । २६ बैशाख २०८३, शनिबार १५:०५