महिलाहरुको पाठेघर मुख क्यान्सर तथा आँङ्ग खस्ने समस्याको स्क्रीनिङ्ग शिविर सम्पन्न

जुम्ला: हिमा गाउँपालिका महिलाहरुको पाठेघर मुख क्यान्सर तथा आँङ्ग खस्ने समस्याको स्क्रीनिङ्ग शिविर सम्पन्न भएको छ । हिमा गाउँपालिकाको वडा नं। १ स्थित स्वास्थ्य चौकी बड्कीमा मंगलवार गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले शिविर उद्घाटन गर्नुभएको हो । हिमा गाउँपालिकाको ६ वटा वडाका महिलाहरुले सेवा पाउने गरी दुइ वटा स्थानमा २ दिन सिविरको आयोजना गरिएको छ । पालिकाको १ देखि ३ वडा सम्मको लाभग्राही लाई बड्की स्वास्थ्य चौकी र ४ देखि ७ वडा सम्मको लाभग्राहीलाई आधारभुत स्वास्थ्य केन्द्र तलिकुडुमा स्वास्थ्य शिविर संचालन गरिएको हो । शिविरको सहजिकरण स्वास्थ्य शाखामा कार्यरत सि अ हे व छौटो शुक्रराज शाहीले गर्नुभएको हो भने स्त्री रोग विशेषज्ञा डाक्टर सागर कोइराला द्धारा परिक्षण तथा उपचार कार्य गरिएको हो ।

स्वास्थ्य शिविरको प्राविधिक व्यवस्थापन हिमा गाउँपालिका र आर्थिक सहयोग प्लान इन्टरनेशनल नेपाल र पेस नेपाल जुम्लाले गरेको हो । प्राविधिक सहयोग कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानले गरेको थियो । नेपालको सन्दर्भमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर बार्षिकरुपमा दुईहजार देखि २५ सय सम्मको नयाँ केस देखा पर्ने र करिव १३ सय देखि १५ सय सम्म यसै रोगको कारणले महिलाको मृत्यु हुने गरेको अवस्थालाई मध्यनजर गर्दै, यस हिमा गाउँपालिकाका दुर बस्तीहरुका महिलाहरुले सुचना नपाउने र परिक्षणको महत्व नबुझ्ने तथा घरेलु कामबाट पुर्सद नपाउने महिलाहरुलाई लक्षित गरी गाउँगाउँमा सेवा दिन शिविर संचालन गरिएको हो । महिलाहरुको पाठेघर मुख क्यान्सर तथा आँङ्ग खस्ने समस्याको स्क्रीनिङ्ग शिविरको पहिलो दिन स्वास्थ्य चौकी बड्कीमा ९४ परिक्षण भएकोमा सबै सामान्य भएको र प्राथमिक स्वास्थ्य केन्द्र तलिकुडुमा परिक्षण गरिएको ७७ जनामा १ वटा केस संकास्पत र १ वटा जटिल देखिएको हो भने परिक्षण गरिएको केसहरु समग्रमा सामान्य देखिएका छन् । संकास्पद तथा जटिल देखिएका केसलाई उपचारको लागि सिफारिस गरिएको छ । शिविरमा केसहरुको परिक्षण संगसंगै औँषधी वितरण गरिएको तथा परिक्षण पश्चात महिलाहरुलाई केसहरुको प्रकृती हेरी स्वास्थ्यर्मी द्धारा परामर्श गरिएको छ ।

शिविरमा सेवा लिन आउने हिमा गाउँपालिका वडा नं।३ का पम्फा रोकायाले भन्नुभयो यो शिविरले हामी गाउँका महिलालाई ठुलो सहयोग भएको छ । आफुलाई रोग लागेको छ की छैन भनि जाँच गर्न टाढा जानुपर्ने भएकाले रोग लुकाउने चलन थियो । गाउँमै शिविर संचालन आएपछि म र हाम्रा गाउँका सबै महिलाहरु खुशि छौ ।
शिविर उद्घाटनका कम्रमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले भन्नुभयो,नगरिकमा हुने स्वास्थ्य समस्याको परिक्षण र उपचारमा सहयोग गर्नु सरकारको कतव्र्य हो । स्वास्थ्य सेवाको दायरालाई फराकीलो गर्ने र सबै नागरिक सम्म पु¥याउन हिमा गाउँपालिकाले विभिन्न सहयोगी संस्था संग साझेदारी गरी स्वास्थ्य शिविरहरु संचालन गरिरहेको छ । अध्यक्ष शाहीका अनुसार हाल सम्म गाउँपालिका नागरिकका विभिन्न स्वास्थ्य समस्याको लागि विशेषज्ञ चिकित्सक सहितको १२ वटा स्वास्थ्य शिविर पालिकाको दुर गाउँ वस्तीहरुका संचालन गरिरहेको बताउनुभयो । शिविर आयोजनामा सहयोग गर्ने सहयोगि निकाय तथा पेस नेपाललाई धन्यवाद समेत दिनुभयो ।
पेस नेपालले विगत समय देखि कार्यक्षेत्रमा विभिन्न निकायहरुसग सहकार्य गरी शिविर संचालन गर्दे आईरहेको कुरा संस्थाका कार्यकारी निर्देशक किशोर न्यौपाने वताउनु भएको छ । हालको यो कार्यक्रम शसक्त वालिका कार्यक्रमको सहयोगमा गरिएको हो ।
शिविरको समापन गर्दै हिमा गाउँपालिका स्वास्थ्य संयोजक रतन बहादुर रावतले भन्नुभयो, हामीलाई गाउँका महिलाहरुलाई स्वास्थ्य सेवाको पहुचमा पु¥याउन कठिन छ । बस्तीहरु दुर र विकट छन्,महिलाहरु खुलेर सेवा लिन नमान्ने समस्या अझै छ, त्यसैले यो शिविर गाउँपालिका र स्वास्थ्य शाखाले ठुलो मेहनतका साथ गाउँगाउँमा संचालन गरेको छ । यस शिविरलाई सहयोग गर्ने पेस नेपाल र प्लान इन्टरनेशनल नेपाललाई बिशेष धन्यवाद ।

तपाईको प्रतिक्रिया