रास्कोटमा छैटौँ राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सुरु

कालिकोट : राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ  रास्कोट नगरपालिकामा छैटौँ स्थानीय  राष्ट्रपती  रनिङ्ग सिल्ड प्रतियोगिता भव्य र सब्य रूपमा सुरु भएको छ। शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा संचालित उक्त प्रतियोगिताको उद्घाटन नगर प्रमुख धर्मराज शाही उपप्रमुख मनिराज बरालले सयुक्त रुपमा गर्नुभएकाे थियाे ।

उद्घाटनका क्रममा नगर प्रमुख शाहीले खेलकुदलाई विद्यार्थीको शारीरिक र मानसिक विकासको आधार  भएको बताउनुभयो।

सोही अवसरमा उपमेयर मनिराज बरालले नगरको प्रतिष्ठा खेलाडीकै हातमा हुने बताउँदै हाम्रो मुख्य उद्देश्य केवल खेल जिताउनु मात्र होइन अनुशासित र दक्ष जनशक्ति उत्पादन गर्नु पनि हाम्रो महत्त्वपूर्ण भूमिका रहेकाे बताए  ।

कार्यक्रमका सभाअध्यक्ष एवं खेलकुद विकास समितिका अध्यक्ष गणेश शाहीले खेलाडीहरूलाई प्रोत्साहित गर्दै विद्यालय स्तरमा लुकेका प्रतिभाहरूलाई एउटै थलोमा ल्याउन हामी सफल भएका छौँ। यहाँबाट छनोट हुने खेलाडीले नगरको गौरव मात्र होइन, आफ्नो भविष्य समेत उज्वल बनाउनेछन् भन्नेमा हामी विश्वस्त रहेकाे शाहिले बताउनु भयाे ।

प्रतियोगितामा नगरपालिकाका विभिन्न वडाका अध्यक्ष विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि  र सयौँ विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियाे

तपाईको प्रतिक्रिया