रास्कोटमा इलाका प्रशासन सेवा सञ्चालनको तयारी अन्तिम चरणमा

कालिकोट : रास्कोटमा इलाका प्रशासन सेवा सञ्चालनको पूर्वसन्ध्यामा सम्बन्धित निकायका उच्च पदाधिकारीहरूले अनुगमन तथा निरीक्षण गरेका छन् । अनुगमनमा प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयाल जिल्ला प्रहरी प्रमुख हिम बहादुर खत्री सामाजिक विकास कार्यालयका प्रमुख अबिराज शाही,नगरप्रमुख धर्मराज शाही पोषण,नगर उपप्रमुख मनिराज बराल,प्रमुख प्रशासकीय अधिकृत,वडा अध्यक्ष मन तिरुवा तथा सम्पूर्ण वडाका अध्यक्षलगायतका सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी सुयाल लगाएत अनुगमन टोलीले सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार, व्यवस्थापन तथा जनशक्ति तयारीको अवस्थाबारे निरीक्षण गर्दै छिट्टै सेवा सुरुगर्ने बताउनु भयो । सहभागीहरुले स्थानीय नागरिकलाई सहज र नजिकबाट प्रशासनिक सेवा प्रदान गर्ने उद्देश्यले इलाका प्रशासन कार्यालयको स्थापना महत्वपूर्ण हुने बताएका छन् । नगरप्रमुख शाहीले केही दिनभित्रै सेवा सुचारु हुने विश्वास व्यक्त गरेका छन् । सेवा सञ्चालनमा आएपछि रास्कोटवासी लगाएत अन्य छिमेकी पालिकाका नागरिकहरुलाई सरल र सहज हुने बताएको छ ।साथै    सदरमुकाम जिल्ला धाउनुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ । इलाका प्रशासन सेवा सुरु भएपछि नागरिकता, सिफारिस, कागजी प्रक्रिया लगायतका अन्य सेवाहरु स्थानीय स्तरमै उपलब्ध हुनेछन् ।

तपाईको प्रतिक्रिया