रास्कोट नगरपालिका–२ खड्का टोलस्थित कैलाश माई टोल विकास युवा क्लबद्वारा आयोजित प्रथम कर्ण स्मृति ७–ए साइड खुल्ला फुटबल प्रतियोगिता असोज ११ गतेदेखि १३ गतेसम्म भव्यताका साथ सम्पन्न भएको छ ।
प्रतियोगितामा विभिन्न स्थानका टोल तथा टिमहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । फाइनल खेलमा लालीगुराँस F.C विजयी हुँदै प्रथम स्थान हासिल गर्न सफल भयो भने रोयल कोटिला F.C उपविजेता बनेको क्लबका अध्यक्ष तपेन्द्र खड्काले जानकारी दिनुभयो ।
आयोजक समितिका अनुसार खेलकुदमार्फत युवाहरूमा अनुशासन, सद्भाव र एकताको सन्देश फैलाउने उद्देश्यले प्रतियोगिता गरिएको आयोजक टिमले जनाएको छ । खेलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको र प्रतियोगीता सफतापूर्वक सम्पन्न भएको समेत बताएको छ ।

तिलाप्रेस । १४ आश्विन २०८२, मंगलवार ०८:२५