कालिकोटमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइयो

कालिकोट: देशभर झैं कालिकोट जिल्लामा पनि शुक्रबार संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ विभिन्न कार्यक्रमसहित मनाइएको छ। बिहान आयोजित प्रभातफेरी र र्यालीपछि जिल्ला समन्वय समितिको सभाहलमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले गर्नुभएकाे थियाे भने संविधान सभा सदस्य तुुलराज विष्टकाे प्रमुख आतिथ्यता रहेकाे थियाे। कार्यक्रममा खाडाचक्र नगरपालिकाका नगर प्रमुख कमल बहादुर शाही, प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयल, प्रहरी प्रमुख टेक बहादुर रावत, उद्योग वाणिज्य संघ कालिकोटका अध्यक्ष रतन बहादुर शाही,स्वास्थ्य सेवा कार्यालय कालिकोटका व्यवस्थापक डा.भीष्म पोखरेल, जनस्वास्थ्य अधिकृत कटक महत,पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्ट विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलगायतको सहभागिता रहेको थियो।

सो अवसरमा संविधान दिवसलाई ऐतिहासिक र महत्वपूर्ण दिनका रूपमा स्मरण गर्दै सहभागी हरुले नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्दै संविधान जारी गर्न आफ्नो महत्त्वपूर्ण सङ्घर्षमा जीवन अर्पण गर्ने सहिदहरुप्रति सम्मान प्रकट गरिएको थियो।

तपाईको प्रतिक्रिया