माछा मार्ने क्रममा तिलानदीमा डुबेर एकजान बेपत्ता

कालिकोट जिल्लाको तिलागुफा नगरपालिका अन्तर्गत तिलानदीमा माछा मार्ने क्रममा एकजान बेपत्ता, भएका छन्  । तिलागुफा नगरपालिका–४ राँचुलीका अन्दाजी,२१ वर्षीय भोजन बहादुर शाही विहान ९ बजेतिर  माछामार्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।बेपत्ता भएको खबर पाएपछि स्थानीयवासी र प्रहरी टोली घटनास्थलमै पुगेको र हालसम्म उनको अवस्था अज्ञात रहेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी गोविद्र प्रसाद चौधरीले बताउनु भयो । बेपत्ता शाहीको खोजी कार्य तीव्र गतिमा भैरहेको र स्थानीय प्रशासन, प्रहरी र स्थानीय युवाहरू खटिएका छन्।

तपाईको प्रतिक्रिया