कालिकोटमा पहिलो दिन २ हजार ४ सय ४१ जना किशोरीलाई लगाइँयाे एच पि भि खोप 

कालिकोट

कालिकोटमा पहिलो दिन २ हजार ४ सय ४१ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर बिरुद्दको एच पि भि खोप लगाइँएको छ ।पाठेघरको मुखको क्यान्सर बिरुद्दको एच पि भि खोप अभियान २०८१ शुभारम्भ भए पश्चात पहिलो दिन पलाता गाउँपालिकामा ७४७, पचालझरना गाउँपालिकामा ४७०, रास्कोट नगरपालिका ७०९, सान्नीत्रिवेणी गाउँपालिका ५१५ गरी जम्मा २ हजार ४ सय ४१ जना किशोरीलाई एच पि भि खोप लगाएको स्वास्थ्यसेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिनुभयो ।

विद्यालयमा अध्ययनरत कक्षा ६ देखी १० सम्मका सम्पूर्ण छात्राहरुलाई विद्यालयमै खोप दिईने छ भने विद्यालय बाहिर रहेका १० देखी १४ वर्ष उमेर समूहका बिशोरीलाई स्वास्थ्य संस्थामा रहेका खोप केन्द्रमा खोप दिईने समेत बताउनु भयो ।
जिल्लाका नौं वटा स्थानीय तहलाई तिन भागमा विभाजन गरी यहीँ माघ २२ गते देखी फाल्गुण ६ गते सम्म एच पि भि खोप अभियान संचालन हुने समेत जनाएको छ ।

तपाईको प्रतिक्रिया