कालिकोट जिल्ला स्तरिय T-20 क्रिकेट प्रतियोगितामा रास्कोट नगरपालिका टिमले प्रथम स्थान हासिल गर्दै उपाधि हात पार्न सफल भएको छ।
फाइनल खेलमा हिमालय टाइगर्स विरुद्ध ७३ रनको लक्ष्य पछ्याउँदै रास्कोटले २ ओभर बाँकी रहँदै सबै विकेट गुमाएर रोमाञ्चक जित दर्ता गर्यो। उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको रास्कोट नगरपालिकाको टिमलाई शुभेच्छुक, खेलप्रेमी तथा स्थानीयले बधाई ज्ञापन गरेका छन्।

प्रतियोगितामा खेलाडीहरूले उत्कृष्ठ प्रदर्शन गर्दै दर्शकलाई रोमाञ्चक खेल प्रस्तुत गरेका थिए। आयोजक समितिले विजयी टिमलाई ट्रफी, प्रमाणपत्र र पुरस्कार वितरण गर्दै सफल खेल समापन भएको घोषणा गरेको छ।
तिलाप्रेस । १९ माघ २०८१, शनिबार १६:३४