कालीकोट , जिल्ला शुभकालिका गाउँपालिका भरिका ८ सय ७१ जना किशोरी हरुलाई एच. पि. भी. खोप लगाईने भएको छ । शुभकालिका गाउँपालिकामा यहीँ माघ २७ गते देखि २९ गते सम्म दाेश्राे चरणमा अन्तर्गत एच. पि. भी. खोप दिईने शुभकालिका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेश बहादुर शाहीले जानकारी दिनुभयो । शुक्रबार एक कार्यक्रमका बिच शुभकालिका गाउँपालिका स्वास्थ्य शाखा सुकाटीयाको आयोजना सेभ द चिल्ड्रेन र भिडिसेफ नेपाल कालीकोटको प्राविधिक सहयोगमा एच. पि. भी. खोप अभियान २०८१ अन्तरगत शुभकालिका गाउँपालिकामा खोप समन्वय समिति र संञ्चार क्षेत्रको लागी १ दिने अभिमुखिकरण कार्यक्रम गरीएको थियो । शुभकालिका गाउँपालिका वडा नं १ देखी ८ वडा भरी १६ वटा खोप केन्द्र मार्फत कक्षा ६ देखि १० सम्म अध्ययनरत ८ सय ७१ जना छात्रा र समुदायमा रहेका १० वर्ष देखि १४ वर्ष उमेर समुहका किशोरी हरुलाईलाई खोप लगाईने शाहीले बताए ।शुभकालिका गाउँपालिकामा रहेका १३ वटा विद्यालमा पनि खोप केन्द्र तोकीने भएको छ ।
पाठेघरको मुखको क्यान्सरलाई निर्मुल पार्नका लागि नेपाल सरकारले माघ २२ गते देखि फागुन ६ गते सम्म देशव्यापी रुपमा एच. पि. भी. खोप अभियान संञ्चालन गर्दै छ । यसै अन्तर्गत शुभकालिका गाउँपालिकामा पनि माघ २७ गते देखि २९ गते सम्म खोप संञ्चालन गरिने र खोप अभियानलाई सफल पार्नका लागि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताईएको थियो ।
गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यको सभाअध्यक्षतामा संञ्चालन भएको कार्यक्रमममा शुभकालिका गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मिम बहादुर शाहीको विशेष आतिथ्यता स्वास्थ्य शाखा प्रमुख गणेश बहादुर शाहीको विशेष आतिथ्यता , प्रमुख प्रशासकीय अधिकृत केन्द्र बहादुर शाही, बालकल्याण अधिकारी , सम्पूर्ण शाखाका कर्मचारी ,शिक्षक, प्रत्रकार ,स्वास्थ्यकर्मी ,किशोरी समुह , लगाएतका सरोकारवालाहरुको सहभागीतामा कार्यक्रम गरीएको स्वास्थ्य चौकी राराकाटीया प्रमुख खगेन्द्र चौलागाँईले जानकारी दिनु भयो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष आचार्यले भने खोप अभियानलाई सफल पार्नकालागि सबैजना प्रचार प्रसारमा लाग्न आग्रह समेत गर्नु भयो । उहाँले प्रत्येक किशोरी र अभिभावकहरुलाई खोप सम्वन्धि जानकारी गराई खोप लगाउन अभिप्रेरीत गराउने र यो अभियान सफल पार्नका लागि आफुले भरपुर रुपमा सहयोग गर्ने बताउनु भयो । मानिस स्वस्थ भएन भने उसको जिबननै अपुर्ण हुने भएकाले गाउँपालिकाले अब स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने गाउँपालिका अध्यक्ष आचार्यले बताए ।

नेपालमा क्यान्सर जटिल किसीमको रोग रहेको र यसको निवारणका लागि थालेको यो खोप अभियानलाई सफल पार्नका लागि र लक्षित वर्गलाई खोपको पहुँचमा पुगाउन विद्यालय सँग समन्वय गरेर अगाडि बढ्न जरुरी रहेको स्वास्थ्य शाखा प्रमुख गणेश बहादुर शाहीले बताउनु भयो । नेपालमा क्यान्सर रोग मध्ये पाठेघरको मुखको क्यान्सरलाई दोस्रो कारण मानिएको छ । नेपालमा पाठेघरको मुखको क्यान्सर बाट दैनि ४ जनाको दरले पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको सरकारी तथ्यांकमा रहेको शाहीले बताउनु भयो ।
नेपाल सरकारले २०३० सम्म ९० प्रतिशत लाई एच पि भी खोप दिने लक्ष्य राखेको छ र आगामी वर्षबाट यो खोप अभियान नियमित रुपमा संञ्चालन गरिने भएको छ । यो खोप निशुल्क पाईने भएकाले १० वर्ष देखी १४ वर्ष उमेर समुहका किशोरी हरुले पाठेघरको मुखको क्यान्सरबाट बच्न खोप लगाउन जरुरी रहेको छ वडा नं ५ का वडा अध्यक्ष मिम बहादुर शाहीले बताउनु भयो । उक्त कार्यक्रममा पालिका स्तरीय किशोरी समुहको गठन समेत गरीएको छ ।
तिलाप्रेस । १८ माघ २०८१, शुक्रबार १७:५८