पलाँता गाउँपालिकामा नेपाल टेलिकमको फाईप जि सेवा विस्तार हुँदै

धनकर्ण विश्वकर्मा कालिकोट

जिल्लाको पलाँता गाउँपालीकामा नेपाल टेलिकमको फाईप जी सेवा विस्तार को काम अन्तिम चरणमा पुगेको छ । पलाँत गाउँपालिकाका वडा नं.४ का वडा अध्यक्ष तथा पलाँता गाउँपालिका प्रवक्ता तिलक  बुढाको पहलमा  संचालन भैरहेको नेपाल टेलिकमको फाईप जि सेवा विस्तारको काम अन्तिम चरणमा पुगेको हो । गाउँमै फाईप जी सेवा सहितको इन्टरनेट र टेलिफोन संचालन हुँने लागेपछी पलाँता गाउँपालिका स्थानीयवासि देखि स्थानीय तहलाई काम गर्न राहत हुने विश्वास लिएको वडा अध्यक्ष तिलक बुढाको भनाई रहेको छ ।

इन्टरनेट सेवा नहुदा यहाँका नागरिकलाई निकै सकस भएको थियो । विभिन्न सुचना प्रवाह गर्ने नागरिक सम्म थाहा पाउनका लागि टेलिकमको फाईप जी सेवा विस्तार गर्नुका साथै नागरिकलाई सुचना थाहाँ पाउनको लागि मात्रै नभइ देश तथा विदेशका समसामयिक घटना बारे पनि जानकारी लिनका लागि इन्टरनेट आजको आवश्यकता हो ।

घरबाट बाहिर गएका आफन्त संग पनि कुराकानी गर्नका लागि यो सेवा सञ्चालनमा ल्याउन अवश्यक रहेको पत्रकार धनकर्ण विश्वकर्माले बताउनु भयो । उहाँका अनुसार पलाता गाउँपालिका,पचालझरना गाउँपालीका गाउँपालिका र मुगु,जुम्ला जिल्ला लाई पनी सुचना संचारको पहुँचमा ल्याउने उदेश्यका साथ फाईप जि सेवा विस्तार गर्न लागेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया