कालीकोट ,जिल्लाको शुभकालिका गाउँपालिका वडा नम्बर ४ मा भएको प्रथम वडा स्तरीय भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ। २१ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको खेल शनिबार सम्पन्न भएको हो। शुभकालिका गाउँपालिका वडा नं १ देखि वडा नं ८ भित्रका खेलाडीहरू को बाक्लो सहभागितामा खेल सम्पन्न भएको कार्यक्रमका संयोजक डम्बर शाहीले बताउनुभयो।
खेल खेल्नका लागि १० वटा टिमको सहभागिता रहेको र जस्मा प्रथम खापरदेव युवा क्लब, द्वितीय वडा नम्बर ४ ठानाले हात पारेको छ। कार्यक्रममा शुभकालिका गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष प्रदीप प्रसाद चौलागाईको सभाध्यक्षता ,गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्य को प्रमुख आतिथ्यतामा र अन्य अतिथिहरूको सहभागितामा भलिबल प्रतियोगिता सम्पन्न भएको थियाे। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष आचार्यले भन्नुभयो आफ्नो कार्यकालमा तीनवटा खेलमैदान निर्माणकै अवस्थामा रहेको र अब छिट्टै खेलमैदान निर्माण हुने र त्यही खेलमैदानबाट खेल खेलाउने आचार्यले बताउनुभयो।
आगामी दिनमा खेल क्षेत्रमा आफ्नो गाउँपालिकाले सक्दो सहयोग गर्ने समेत बताउनुभयो। उक्त कार्यक्रममा बोल्दै शुभकालिका गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष प्रदीप प्रसाद चौलागाईले भन्नुभयो आफ्नो वडामा निकै संघर्षका साथ खेलकुद कार्यक्रम को आयोजना गरेको बताउनुभयो । आफ्नो वडा बाट आफूले ५० हजार सहयोग गरेको र अन्य सहयोगी मनहरूबाट सहयोग मागी कार्यक्रम गर्न सफल भएको अध्यक्षले बताउनुभयो।

विशेषगरी त सहयोगी मनहरुलाई आफ्नो सरकारकाे तर्फबाट धन्यवाद समेत दिनुभएको थियो। आगामी दिनमा यस्ता खालका विभिन्न कार्यक्रमहरू वडामा गरिरहने चौलागाईले बताउनुभयो।
तिलाप्रेस । २५ कार्तिक २०८१, आईतवार ०६:१९