कमल कुमाल कालीकोट
सान्नी त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर बडुवालले गाउँपालिकालाई सुशासनयूक्त पालिका निर्माण गर्ने बताउनु भयो । स्थानिय सरकार जनताको घरदैलोको सरकार भएकाले नागरिकहरुलाई दिइने सेवालाई प्रभावकारि बनाएर सुशासन यूक्त पालिका निर्माण गर्ने प्रतिबद्दता जनाउनु भयो । सान्नी त्रिवेणी गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको पदभार ग्रहण गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
जुन पालिकाको विषयमा नकरात्मक सन्देश प्रवाह भइरहेको छ त्यसको अन्त्य गरि सुशासन यूक्त पालिमा निर्माण गरिने बताउनु भयो । उहाँले सुशासन यूक्त पालिका निर्माणका लागि आफुले मात्र नसक्ने र सम्पुर्ण कर्मचारि लगायत जनप्रतिनिधिहरुको साथ सहयोग र समन्वय आबश्यक रहेको बताउनु भयो । सान्नी त्रिवेणी गाउँपालिकालाई समृद्द बनाउनका लागि भोलि वाट नै बेरुजु अन्त्यको अभियान थालिने उहाँको भनाई छ ।

यहाँको मुख्य समस्या भनेको वेरुजु हो । वेरुजुको अन्त्यका लागि संविधान,आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ तथा नियमावली २०७७ लेखापरीक्षण ऐन २०७५ लगायत कानुनको प्रयोग गरि यसलाई नियन्त्रण गरिने छ। उहाँले भन्नु भयो, असुल उपर गर्नु पर्ने वेरुजुका विषयमा तत्काल असुल उपर गरिने र सरकारि सवारि साधनलाई सेतो नम्बर प्लेटमा संचालन गर्ने , अनुमति प्राप्त नभएका व्यक्तिलाई चलाउन नदिने बताउनु भएको छ । उहाँले सबै परिवर्तन आज भोलि नै गर्न नसकिने तर यसको थालनि भोलि बाट नै गर्ने प्रतिवद्दता जनाउनु भयो । उहाँले कसैको लोभ लालच र धम्किमा नपरि कानुन बमोजिम आफ्नो जिम्मेवारिमा रहेर काम गर्ने बताउनु भएको छ ।
तिलाप्रेस । ६ आश्विन २०८१, आईतवार १६:४८