कालिकोट
सान्नीत्रिवेणी गाउँपालिका वडा नं. ९ निवासी गेणश तिरुवाको मृगौलाको उपचारको लागि सहयोगको अपील गरेका छन । आर्थिक अवस्था कमजोर रहेका तिरुवाको मृगौलाको उपचार गर्न आर्थिक अभाव भएको भन्दै उपचारका लागि आर्थिक सहयोग गरिदिन उनले सबैलाई अपील गरेका छन ।
भारतको वेङलोरमा चेकजाँच गर्दा मृगौलामा समस्या देखिएको र उपचारका लागि ठूलो आर्थिक चाहिने गणेश तिरुवाले बताए । उनले आफुसँग उपचारका लागि पैशा नभएको बताए । उनले दुःखी हुदै भने, आफु बाच्न चाहान्छु ,तर उपचार गर्नको लागि पैशा छैन ।
भगवानले पनि हामी जस्तै दुखी र गरिवलाई ठूलो समस्यामा पार्ने रहेछ । समस्यामा परेको वेला गरिव र दुःखीको आफ्नो भन्ने कोही नहुने रैछ । आफुलाई केहि भईहालेमा परिवारको विचल्ली हुने बताउदै आफ्नो उपचारमा सबैले सहयोग गरिदिन अपील गरेका छन । सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीले पालिकावाट हुने सहयोग पुर्ण रुपमा गर्ने बताउनु भएको छ ।

उहाँले मृगौला पीडीत तिरुवाको उपचारका लागि पालीकाले गर्न सक्ने जति आर्थिक सहयोग गर्ने र अरुलाई पनि सहयोग गरिदिन अध्यक्ष केसीले आग्रह गर्नुभयो । तिरुवा अहिले भारतमा उनको उपचार भईरहेको छ । उनको परिवारमा ४ छोरी एक श्रीमती र एक छोरा मात्र रहेको र कमाउने कोहि पनि नभएको हुँदा उपचारमा समस्या भएको छ ।
छोराछोरी पाल्ने र घरखर्च चलाउनका लागी काम गर्ने गणेश तिरुवानै मृगौलाको उपचारको लागि अस्पतालमा भर्ना भएपनि परिवार छोराछोरी पाल्न समेत निकै समस्या रहेको उनकी श्रीमती जैपुरा तिरुवाले बताईन । उनले आफ्नो श्रीमानलाई बचाईदिन आग्रह गरेकी छन । सानीमा बैंकमा श्रीमती जैपुरा तिरुवाको नाममा रहेको खाता नं. ०७३०११०९०००११८७ मा र मावाईल वैंकिङ नम्वर ९७४९७५३०८६ मा आर्थिक सहयोग गरि श्रीमानको ज्यान बचाईदिन तिरुवाले सबैमा अपील गरेकी छन ।
तिलाप्रेस । ८ जेष्ठ २०८१, मंगलवार २१:०५