कालीकोट आइ.पि.भी खोप अभियान २०८१ सम्बन्धी जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा सञ्चारकर्मी र सरोकारवालाबीच अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
स्वास्थ्य तथा निर्देशनालय जनस्वास्थ्य कार्यालय कालिकोटले जिल्ला स्तरीय खोप समन्वय समितिका पदाधिकारी तथा सञ्चारकर्मीहरुसँग एक दिने अभिमुखीकरण सम्पन्न गरेको हो । कार्यक्रममा जिल्लाको अवस्था र अभियानका बारेमा जानकारी सहितको बैठकमा खोप अभियानबारे जानकारी दिइएको थियो ।
आइपीभी खोप अभियानको औचित्यबारे बुझाउने र कालिकोट जिल्लालाई पूर्ण खोप सुनश्चितता लागि चालिएका कदमबारे सरोकारवालाहरुलाई जानकारी दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डाक्टर संकेत विश्वकर्माले बताए ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आइ.पि.भी खोप अभियान २०८१ यहि जेठ १३ गतेदेखि २६ गतेसम्म देशव्यापी रुपमा सञ्चालन हुने भएको छ ।पोलियो रोग उन्मुलनका लागि देशव्यापी रुपमा आइ.पि.भी खोप अभियान २०८१ संचालन गर्न लागिएको जनस्वास्थ्य अधिकृत कटक महतले बताए ।जिल्ला समन्वय समितिका संयोजक एवं जिल्ला खोप समन्वय समितिका अध्यक्ष धनजित बहादुर शाहीको अध्यक्षतामा अभिमूखीकरण कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, कालिकोट प्रहरी प्रमुख अर्जुन केसी, अस्पताल विकास सतिका अध्यक्ष गोगन बहादुर मल्ल तथा जिल्लास्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख प्रतिनिधिलगायत सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो । आगामी जेठ १३ गतेदेखि २६ गतेसम्म कालीकोट जिल्लाका नौ वटै पालिकामा आइ.पि.भी खोप अभियान शुरु हुने समेत बताइएको छ ।
तिलाप्रेस । ६ जेष्ठ २०८१, आईतवार २२:१९