पर्यटन मन्त्री रावतको पहलमा घाईते विरामीको निशुल्क उपचार 

कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर–३ मानेगडाबाट पचालझरना गाउँपालिकाको घाटाचौरतर्फ जाँदै गरेको ग ३ च ६५०६ नम्बरको जीप दुर्घटना हुँदा घाईते भएका विरामीको सुर्खेतमा निशुल्क उपचार हुने भएको छ । कालीकोट जिल्ला प्रदेश क का सांसद तथा पर्यटन मन्त्रि दुर्ग बहादुर रावतको पहलमा सामाजिक विकास मन्त्रालयलाइ गरेको आग्रहमा निशुल्क उपचार हुने भएको हो । सो जिप दुर्घटनामा १२ जना यात्रु घाइते भएका थिए ।

जसमा ४ जनाको जिल्ला अस्पताल कालीकोटमा सामान्य उपचार पछि घर पठाइएको छ भने ९ जनालाई थप उपचारको लागि कर्नाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो । ति विरामीको उपचारका लागि सामाजिक विकास मन्त्रि बिर बहादुर शाहीको निर्देशनमा प्रदेश अस्पताल सुर्खेतलाइ पत्राचार गरिएको बताएका छ ।

सामाजिक विकास मंत्रालयका कानुन अधिकृत एकराज चौलागाईले प्रदेश अस्पताललाई जानकारी गराएका हुन । जसमा लक्ष्मी वि.क पुष्कल वि.क राजिन वि.क लाल वि.क द्यन्नामे वि.क जैमल वि.क पारस वि.क ऐमान वि.क र खडक वि.क को प्रदेश अस्पतालमा उपचार भैरहेको छ भने ,चालक दिनेश फर्साल र सहचालक रमेश फर्साललाई जिल्ला प्रहरी कार्यालय कालीकोटले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया