कर्णालि प्रदेश सरकारले कर्णालिको दोस्रो पञ्चबर्षीय योजना निर्माण गर्ने भएको छ । पहिलो पञ्चवर्षीय योजनाको समिक्षा गर्दै कर्णालि प्रदेश योजना आयोगले पञ्चवर्षीय योजना निर्माणका लागी कामको थालनि गरेको छ । कर्णालि प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीको अध्यक्षयतामा र संबिधानसभा सदस्य तुलाराज बिष्टको प्रमुख आतिथ्यथामा कालिकोट सदरमुकाममा परामर्श गोष्ठी सम्पन्न भएको छ । माधव उपाध्याय आर्थिक क्षेत्रको पहिचान ,सामाजिक शुसासन र शिक्षा तथा स्वास्थ्य , भौतिक पुुर्वावाधार क्षेत्रमा समेटिनु पर्ने बिषय समुह छलफल गरी प्रस्तुति गरिएको थियो । सुचना तथा सञ्चार र सडक पुर्वाधार क्षेत्र बिकास गर्नु पर्ने सुझाव दिएका छन ।
छलफलमा गाउपालिका तथा नगरपालिका प्रमुख उपप्रमुख,राजनितिकदलका प्रमुख,कार्यालय प्रमुखहरूका साथै संघसंस्थाका प्रतिनिधि पत्रकारहरूको सहभागिता रहेको थियो । कृषि ब्यवशाय प्रवद्वनमा लगानि , आर्थिक क्षेत्रको पहिचान शिक्षा स्वास्थ्यमा सुधार र ओैधोगिक करण जस्ता कामहरू हुनु पर्ने सुझाव दिएका छन । पर्यटन क्षेत्रको बिकास र प्रचार प्रशारण हुन पर्ने बताउनु भयो।
खाडाचक्र नगरको कोटदरवार देखि नरहरिनाथ कोटवाडा जोड्ने पुलको माग,दर्जन बढी जलबिधुत आयोजना र दई दर्जन बढी सडकको माग गरेका छन । बिगतमा रेडबुकमा परे कार्यन्वयनमा रहेका योजनामा हाल बजेट नगरहेकाले यथासिग्र बजेट ब्यवस्थापन गर्न प्रस्थाव गर्नु पर्ने सुझाव दिएका छन
तिलाप्रेस । ५ चैत्र २०८०, सोमबार १७:२५