कालिकोट सशक्त बाल परियोजना अन्र्तगत जिल्ला स्तरीय युवा भेला सुरु भएको छ । प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग र मानव अधिकार तथा वातावरण विकासकेन्द्र (हुरेन्डेक नेपाल) कालिकोटको सहजीकरणमा जिल्ला स्तरिय युवा भेला विषयक सम्बन्धी दुई दिने तालीमको उद्धघाटन गरिएको छ । बाल बालिकाहरुको शैक्षिक, आर्थिक, सामाजिक तथा राजनैतिक सशक्तिकरण गर्न युवा तथा स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका प्रभावकारी हुने उद्देश्यका साथ जिल्ला स्तरिय युवा भेलाको कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।
उक्त उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख धनजित शाहीले युवाहरुलाई शिक्षा,स्वास्थ्य ,रोजगार लागायतका कुराहरु सँग जोडिएका विषयगत कामहरुको बारे नजिकको स्थानीय सरकारले महत्व पूर्ण भुमिका खेल्नुपर्नेमा जोड् दिनु भयो । स्वास्थ्य शिक्षा भनेको अहिलेको अबश्यकता हो यसलाई ,शिक्षा स्वास्थ्य, खेलकुद शारिरिक मानशिक,बृद्धी विकास गर्नपनी आजको उत्तिकै आवश्यकता रहेको समेत बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी तथा रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाहीले युवा भनेको युवा नै हो ,युवाले चाहेँपछि पहाड पनी फाेड्न सकिन्छ, युवाले चाहेपछी यहाँ असम्भव भन्ने केही केही पनी नहुँने समेत बताउनु भयो ।
युवाहरुले नेपालका राजनैतिक दल र तिनका नेतृत्व वर्गले युवाहरुको दक्षता र क्षमताको पहिचान गरी मुलुक निर्माणमा सदुपयोग गर्न युवालाई केन्द्रमा राखेर उनीहरुको सहभागितामा विकास निर्माणका योजना निर्माण गर्न संघ,प्रदेश र स्थानीय सरकारले युवाहरु प्रतिध्यान नदिने हो भने तवसम्म समाजको सकारात्मक रुपान्तरण हुन नसक्ने समेत बताउनु भएको छ ।स्थानीय सरकार भनेको घरपरिवारको सरकार हो,तर संघ सरकार र प्रदेश सरकारले युवाहरुलाई आत्मनिर्भर बनाउनका लागी शिक्षा, स्वास्थ्य र रोजगारका लागी युवाहरु नै जुट्नु पर्ने प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनु भयो युवाहरुले अहिले नबोले कहिले बोल्ने स्थानीय सरकार सँगै युवाहरुले पनी बोल्न अबश्यक रहेको उहाँको भनाई छ ।
कार्यक्रममा मानव अधिकार तथा वातावरण विकासकेन्द्र (हुरेन्डेक नेपाल) कालिकोटको उपाध्यक्ष विरेन्द्र बहादुर बुढाले युवाको सवालमा युवाहरुले गर्नुपर्ने भुमिका बारे जानकारी दिदैं कर्णालीका युवातथा पहाडि जिल्लाका युवाहरुले पनी चुनौतीका साथ सामाना गर्ने र यो जिल्ला स्तरिय भेला एकदमै प्रभावकारी हुने विश्वास लिएको समेत बताउनु भएको छ ।
उक्र दुई दिनसम्म सञ्चालन हुने जिल्ला स्तरिय युवा भेलाको सहजीकरण भने नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द्र अधिकारीले गर्नु भएको थियो ।
तिलाप्रेस । ४ चैत्र २०८०, आईतवार १७:४४