कालिकोट जिल्लामा १७ हजार बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाईएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटले ९ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाउने लक्ष्य लिएसँगै जिल्ला भित्रका १७ हजार ८ सय ३५ जना बालबालिकालाई खोप लगाएको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जानकारी दिएको छ ।
फागुन १३ गतेदेखी १९ गतेसम्म संचालन गरिएको अभियानबाट महिला ,पुरुष गरि जम्मा १७ हजार ८ सय ३५ जना बालबालिकालाई खोप लगाईंएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले बताए ।


उहाँका अनुसार पहिलो चरणमा,जिल्लाको खाँडाचक्र नगरपालिका, पलाता गाउँपालिका, नरहरीनाथ गाउँपालिका, महावै गाउँपालिका र तिलागुफा नगरपालिकामा खोप सञ्चालन गरिएको थियो भने १७ गतेदेखी १९ गते सम्म ,रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, र शुभकालिका गाउँपालिकामा खोप सञ्चालन गरिएको उहाँले बताउनुभयो । खोप सञ्चालनको लागि जिल्लाका ९ वटा पालिकाका विभिन्न २ सय २७ वटा भन्दा बढी खोप केन्द्र बाट खोप संचालन गरिएको समेत बताउनु भयो ।




तिलाप्रेस । २० फाल्गुन २०८०, आईतवार ०६:२२