कमल कुमाल कालिकोट
जिल्लाको रास्कोट नगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविका हरूकाे क्षमता अभिबृद्दिका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बास नेपालद्वारा युनिसेफ नेपालकाे आर्थिक सहयोग,रास्काेट नगरपालिका पालिकाकाे समन्वयमा संचालन सामुदायिक संलगनता र मानव केन्द्रीत दृष्टिकोण कार्यक्रम अन्तर्गत सो एक दिने अभिमुखिकरण कार्यक्रम असोज ११ गते बिहिबार सम्पन्न भएको हो


कार्यक्रमको उद्घाटन सत्रमा महिला स्वास्थ्य स्वयसेविका पशुबिना महाताराको अध्यक्षता, स्वस्थ्य शाखा प्रमुख हंसराज बरालको प्रमुख आतिथ्यतामा संचालन गरिएको कार्यक्रममा २० जना महिलाहरुको सहभागीता रहेको थियो ।अभिमुखिरणको प्रारम्भिक सत्रमा बोल्दै महिला स्वास्थ्य स्वयसेविका पशुबिना महाताराले समाज लैङ्गकि समानता तिर जानू पर्ने तथा धेरै सकारात्मक अभ्यासको थालनी गर्नु पर्ने र संस्थाहरुले सिकाएका असल कुराहरूलाई व्यवहारमा लागू गर्नु पर्ने बताउनु भयाे।
अभिमुखिकरण कार्यक्रममा बोल्दै स्वस्थ्य शाखा प्रमुख हंसराज बरालले पालिका भित्र धेरै बालबालिका खोपबाट छुटेको अवगत गराउँदै त्यस्ता बालबालिकालाई खोपको दायरामा ल्याउन सबै लाग्नु पर्नेमा जोड दिए ।महिला स्वास्थ्य स्वयसेविका पशुबिना महाताराको अध्यक्षतामा भएको उद्घाटन सत्रको सहजीकरण बास नेपालका सामाजिक परिचालक चक्र नाथ योगीले गरेका थिए ।




तिलाप्रेस । ११ आश्विन २०८०, बिहीबार १६:३९