पुराना पार्टी लोकतन्त्र र गणतन्त्र रक्षाका लागि मात्रै स्थापना भएका हुन्ः महामन्त्री ढकालको भनाई

कालीकोट राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्रीएवं पार्टी प्रवक्ता डा. मुकुल ढकालले पुराना पार्टीहरु लोकतन्त्र गणतन्त्र र बहुदलीय ब्यवस्था ल्याउनको लागि मात्रै स्थापना भएको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको दस्ताबेज निर्माणका क्रममा कालीकोट को जन आवाज सुन्न कालीकोट पुग्नु भएका पार्टी महामन्त्रीतथा प्रवक्ता ढकालले यस्तो बताउनुभएको हो ।उहाँले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमाले जस्ता पुरानादलहरु विकास निर्माण र अबस्था परिर्वतन गर्न नभई केबल लोकतन्त्र गणतन्त्रको रक्षार्थका निमित्तमात्र स्थापना भएको बताउनुभयो ।राष्ट्रिय स्वतन्त्र पार्टी भनेको सुधारवाद, विकास र समाजवादका निम्ति उदँय भएको बताउँदै महामन्त्री ढकालले अब पुराना पार्टीको समय सकिएको बताउनुभयो ।

 राष्ट्रिय स्वतन्त्र पार्टी यो देशमा भ्रष्टचार अन्त्य गर्नका लागि, विकास गर्नका लागि र नागरिकलाई रोजगारीमा आउने बाताबरणको सिर्जना गर्नका लागिराष्ट्रिय स्वतन्त्र पार्टीको उदयभएको बताउनुभयो ।राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता समेत रहनुभएका ढकालले बैज्ञमनिक समाजवाद, जनवाद, प्रजातान्त्रिक समाजवाद आउछकी भन्ने प्रर्खाइ र त्यस्ता बादहरुमा आफूहरु फस्न नचाहेको स्पष्ट पार्नुभयो । आफूहरुको मद्धा भनेको कर्णाली राजमार्ग दुई लेन र यसको पीजका लागि ब्यवस्था कालीकोटको उत्पादनलाई बाहिर निर्णायत गरेर आम्दानीको स्रोतलाई पहिल्याउने लक्ष रहेको महामन्त्री ढकालले जानकारी थराउनुभयो ।उहाँले पार्टीको नीति भनेको भ्रष्टचारलाई रोक्नु यसलाई अन्त्य गर्ने रहेको समेत बताउनुभएको थियो ।

२०६४ सालतिर आफू कालीकोट आउँदा कर्णाली राजमार्गका सडक भर्खर निर्माण हुने क्रममा रहँदापूर्वका सडकहरुमा गाडी गुडेको कुरा आफूलाई यादभएको र करीब १५÷१६ वर्षपछि पनि कालीकोट पुग्दा कर्णाली राजमार्गको अबस्थामा कुनैपनि परिर्वतन नआएको टिप्पणी गर्नुभयो ।कालीकोटमा राजनीतिकगर्ने नेता तथाकार्यकर्ताहरु भ्रष्टचारको चङ्गुलमा फसेका कारण यहाँको विकास निर्माण र असक्षम नेतृत्वका कारण कालीकोटको विकास निर्माणमा कुन ैपनि परिर्वतन आउन नसकेको जिकिर गर्नुभयो ।

तपाईको प्रतिक्रिया