नगरपालिकामा स्थानीय पाठ्यक्रम निर्माण गरि बिद्यालयमा लागु गरिदै

कमल कुमाल २४ भदौ २०८०
कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा हाम्रो रास्कोट हाम्रो पहिचान भन्ने मुल नाराका साथ नगरपालिकाले आधारभूत तह कक्षा १देखी ८ सम्मका लागी स्थानीय पाठ्यक्रम निर्माण गरी प्रबोधीकरण गर्दै विद्यालयमा लागू गर्ने भएको छ।

नगरपालिकाले चालू आवदेखि नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको हो । स्थानीय ज्ञान, सीप, प्रविधि र संस्कृति भावि पुस्तालाई हस्तान्तरण गर्नमा सघाउ पु¥याउने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण गरिएको बताईको छ ।

आधारभूत तह कक्षा १ देखि ८ सम्मका लागी स्थानीय पाठयक्रम निर्माण गरी लागू गर्ने योजना बनाइएको छ । चालू शैक्षिक सत्रमा कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम निर्माण भैसकेको हुँदाअब हामी लगतै आधारभूत तहका विद्यालयमा वितरण गर्ने नगरपालिका शिक्षा शाखाका प्रमुख खेमराज शाहीले बताउनुभयो ।

रास्कोट नगरपालिकाले यस ऐतिहासिक कार्यमा इच्छाशक्ति राख्ने र रास्कोट लाई ऐतिहासिक दस्तावेज मार्फत चिनाउनमा पाठ्यक्रम निर्माण गर्ने समितिलाई सुझाव सल्लाह सहित विभिन्न सरोकारवालाहरु सबैलाई हार्दिक प्रमुख शाहीले धन्यवाद समेत ब्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया