पुजा सामग्री लिएर बडीमालिकामा प्रस्थान

कालिकोट धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको बडीमालिकाको तिर्थ यात्रा  सुरु भएको छ ।शक्तिपीठका रुपमा रहेको बडीमालिकामा कालिकोट सहित विभिन्न जिल्लाका तिर्थयात्रीहरु बडीमालिकाको यात्रामा रहेका छन् । भदौ शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीका दिन बडीमालिका सहित अन्य शक्ति पीठहरुमा एकैसाथ पुजा लाग्ने गर्छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका


दैवी शक्ती रहेको बडीमालिकामा रमणीय २२ पाटहरु,खेतीबेती,त्रिवेणी धाम र अन्य ठाउँको अवलोकन गर्ने गरी तिर्थयात्रीहरु बडीमालिका आउने गरेका छन् ।बडीमालिकाको दर्शनपछि मनोकाँक्षा पुरा हुने र दैवी शक्ति भएकाले अधिकांश श्रद्धालु भक्तजनहरु बडीमालिकाको दर्शन गर्न आउने गरेको बडीमालिकाका पुजारीले बताए ।बडीमालिकाले निसन्तानीलाई सन्तान दिने, र मागेको पुरा हुने भएकाले श्रद्धालु भक्तजनहरु बडीमालिकामा घुईचो लाग्ने गरेको पाईन्छ ।

कालिकोट बाजुरा,डोटी, र जुम्लाबाट ल्याएको सरकारी पुजा बडीमालिकामा लाग्ने गरेको छ । सरकारी पुजापछिभक्तजनहरुले दर्शन गर्ने प्रचलन रही आएको छ ।धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा रहेको बुढीनन्दामा विभिन्न ताल,झरना र रमणीय फाँटहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया