बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा शनिबार विहान जंगली भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।घाइते हुनेमा सोही नगरपालिका–७ झालीकी अन्दाजी २७ वर्षीया सुनिता कटुवाल रहेको स्थानीय खडक विष्टले जानकारी दिएका छन् ।उनका अनुसार घर नजिकै रहेको मकैबारीबा बाँदर र भालुले खाएका मकै काटेर ल्याउन गएका बेला जंगली भालु लुकेर बसेको अवस्थामा महिलालाई आक्रमण गरी घाईते गरेको बताए ।
भालुको आक्रमणबाट घाइते भएकी कटुवालको खट्टा र अन्य शरिरमा चोट लागेको छ । स्थानीय झाली आधारभूत स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि एम्बुलेन्समा अछामको बयालपाटा अस्पतालमा लगिएको छ ।जंगली भालुको आक्रमणमा परी घाइते भएकी महिलाको अवस्था भने खतरामुक्त अर्थात मध्यम खालको रहेको बताइएको छ ।

बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा वर्षेनी भालुको आक्रमणका कारण स्थानीयहरु घाइते हुने गरेका छन् ।जंगल र झारी भएका कारण भालु लुकेर बसेी रहने र मान्छे आएपछि आक्रमण गरी घाइते बनाउने गरेकोपछि स्थानीय सशंकित बन्न थालेका छन् ।
तिलाप्रेस । २ भाद्र २०८०, शनिबार १९:५६