छत्र रोका मगर धमका,
दिर्घ बहादुर शाही“कवि“का गजल हरु ।
१ गजल
उस्तै देख्छु फरक केही नाइ मेरा ती गाउँ पनि ।
दुख्या कै छन् मलम नपाइ गरिबका घाउ पनि।।
रुडो पड्डै सुकि जादा कर्णालीका गडा ।
अनिकालले पेट रित्तै छन् भोको छ भाउ पनि।।
हड्डा हड्डै खुट्टा फाट्या बाटो पनि गल्यो ।
गन्तव्यमा पुग्नै छोड्या ढगुड्न्या पाउ पनि ।।
एक छाक टाड्न धौधौ पड्डो हामी गाउँल्या कन।
रात दिन आउदो कोल्थो समाइ पुरानो साउ पनि।।
जुवादो जिन्दगी बाइगो पढ्न्या लेख्न्या बेला।
हुकुम्मको बास्सा मद्दो कस्ता हुन दाउ पनि।
२ गजल
सबथोक आफै हौं भन्छन् रित्ताहरुले।
तर्साइ रहन्छन् साझ बिहान गिताहरुले।।
मरेर मसान घाट पुगेपछि शरीर ।
बिर्सन्छ आफ्ना र पराइ चिताहरुले।
घर सम्झेर रुन्छ ल्हासा गएको मदन।
धनकै आस गर्छन् श्रीमती पिताहरुले।।

राहदानी बोकेर अरब छिरेको रामलाई।
छोडेर गैहाल्छन अचेल सिताहरुले।।
खस भाषा को गजल
उस्तै देख्छु फरक केही नाइ मेरा ती गाउँ पनि ।
दुख्या कै छन् मलम नपाइ गरिबका घाउ पनि।।
रुडो पड्डै सुकि जादा कर्णालीका गडा।
अनिकालले पेट रित्तै छन् भोको छ भाउ पनि।।
हड्डा हड्डै खुट्टा फाट्या बाटो पनि गल्यो।
गन्तव्यमा पुग्नै छोड्या ढगुड्न्या पाउ पनि।।
एक छाक टाड्न धौधौ पड्डो हामी गाउँल्या कन।
रात दिन आउदो कोल्थो समाइ पुरानो साउ पनि।।
जुवादो जिन्दगी बाइगो पढ्न्या लेख्न्या बेला।
हुकुम्मको बास्सा मद्दो कस्ता हुन दाउ पनि।।
तिलाप्रेस । २७ श्रावण २०८०, शनिबार १७:३५