छत्र रोका मगर धमका ,
कालीकोट , जिल्ला खाँडाचक्रर नगर पलिका वडा नं १ का प्रकाश टमटा २ का देबि बिक र टेक बिक धनकमाउने आस बोकेर भारत गएका तिन जना भरको गौरी कुन्डमा भन्ने ठाउँमा पैरोमा परी ज्यान गुमाएका छन् । भारतको गौरी कुन्ड मा बिहीबार राति गएको पहिरोमा परी ज्यान गुमाएका थिय । गत वैशाखमा नयाँ वर्ष मनाएर केदारनाथ गएका खाँडाचक्र नगरपाकिला वडा नं १ र २ मान्म गाउँका ३ युवकको पहिरोमा ज्यान गएको हो ।
भारतको केदारनाथको गौरी कुन्डमा पहिरोमा परी ज्यान गुमाएका कालीकोटको खाडाचक्र २ मेग्रका ३२ वर्षीय टेक विक देबि बिक प्रकाश टमटा केदारनाथको गौरी कुन्ड पैदलमार्गको पहिलो विन्दु गौरीकुण्डको एक होटलमा सुतिरहेको अवस्थामा १८ गते राति गएको पहिरोमा परी ज्यान गएको छ । कालीकोटको खाँडाचक्र १ मान्म कोइरेल गाउँका ३९ वर्षीय प्रकाश टमटा, खाडाचक्र २ मान्म धैनेडीका ३२ वर्षीय टेक बिक र ३८ वर्षीय देवी विश्वकर्माको मृत्यु भएको खाडाचक्र २ का जित खड्काले जान्कारी दिुभयो । ‘ज्याला मजदुरी गरेर परिवार पाल्ने ३ जना युवकको मृत्यु भएको खबर आएपछि परिवार शोकमा छ ’ उनले भने, ‘परिवारमा रुवाबासी छ । भारत गएर लास बुझ्न सक्ने पनि घरमा कोही नभएको उनले बताए । कालीकोटका तीनै जना युवाहरू केदारनाथमा काम गर्नका लागि जिल्ला प्रशासनबाट सिफारिस लिएर गत वैशाख ३ गते घरबाट गएका थिए ।

एक वर्षसम्म भारतको टिहीमा ज्याला मजदुरी गर्दा कमाइ राम्रो नभएपछि केदारनाथमा कण्डी (मान्छे बोक्ने काम) को काम खोज्दै केदारनाथ को कुन्डी डोली बोक्न भारतको केदार नाथ जान लागेका बेला पहीरोमा परेको खड्काले जान्कारी दिनु भयो । केदारनाथ पहिरोमा ज्यान गुमाएका मध्ये हालसम्म ९ जनाको शव भेटिएको छ अन्यको खोजी भइरहेको छ । भारतीय सञ्चारमाध्यमहरुले केदारनाथ पहिरोमा हालसम्म तीन जना नेपालीसहित एक भारतीयको शव भेटिएको जनाएका छन् । बेपत्ताहरूको खोजी भइरहेको बताइएको छ । भारतको केदारनाथको गौरीकुन्ड योठाउमा बारैमास चिसो हुनेगर्द छ ।
तिलाप्रेस । २० श्रावण २०८०, शनिबार १८:३३