कमल कुमाल बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकामा वडा नं५ का जेष्ठ नागरिकलाई वडाबाटै सुरक्षा भत्ता बापतको रकम वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक उत्साहित बनेका छन्। जगन्नाथ गाउँपालिकाका धेरै वडा विकट र दुर्गममा रहेको हुँदा बैंकमा भत्ता लिन जान निकै कठिन परेको बेला वडाबाटै भत्ता बुझ्न पाएपछि उनीहरुको मुहारमा खुशी झल्किएको हो।
बैंकमा घण्टौँसम्म लाइन बसेर वृद्घभत्ता बुझ्दै आएका जगन्नाथ गाउँपालिका ५का जेष्ठ नागरिक दाताराम आचार्यले भन्नु भयो ‘निर्वाचनका बेला भोट माग्न आउँदा वृद्ध भत्ता वडाबाट दिन्छौँ भन्थे,त्यतिबेला विश्वास लागेको थिएन,अहिले भने निर्वाचनमा मतदातासँग गरेका प्रतिबद्धता अनुसार नै काम सुरु गरेकोमा स्थानीयले वडा अध्यक्ष सार्कीलाई धन्यवाद समेत दिएका छन ।।

यसै क्रममा जिल्लाको पूर्वि उत्तर क्षेत्रमा पर्ने जगनाथ गाउँपालिकाले पनि पछिल्लो समय सामाजिक सुरक्षा भत्ता वडाबाट नै वितरण गर्न थालेको छ । गाउँपालिकाले सामाजिक सुरक्षा भत्तालाई वडाबाट नै दिने गरी हिमालय बैङ्कलाई सहकार्य गरेपछि अहिले त्यो भत्ता वडामा नै वितरण हुन थालेको जगनाथ गाउँपालिका वडा –५ को अध्यक्ष गौरी सार्कीले बताउनुभयो ।
तिलाप्रेस । २० श्रावण २०८०, शनिबार १२:४६